चितवन / भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पुनः मेयर हुने दाबी गरेकी छिन् ।
ईमेज टेलिभिजको कार्यक्रम ‘हट सिट’मा कुराकानी गर्दै दाहालले आफूले पुनः उम्मेदवारी दिने र जित्ने पनि बताइन् ।
यसपटक पनि महानगरमा आफूले दावी गर्ने बताउदै उनले महानगरको विकास हेरर पनि जनताले आफूलाई साथ दिने विश्वास व्यक्त गरिन् ।
उहाँले देशमा अरू महानगरमा नेकपा (माओवादी केन्द्र)ले दाबी नगरेको पनि स्मरण गराइन् । आफूले चितवनमा राजनीति मात्र भएर विकासका कामहरू प्रशस्तै गरेको उहाँको दाबी छ ।
उनले चितवन कांग्रेसले असन्तुष्टि जनाउनु स्वभाविक भएको बताउँदै गठबन्धनको निर्णय सबैले मान्नुपर्नेमा जोड दिइन् ।





















