भरतपुर / चितवनको भरतपुर ११ बसेनिमा विगत एक वर्षदखि फेन्सी समानहरुको कारोबार गर्दै आएको सभ्य साथि इम्पोरीयमले दोस्रो शाखा बसेनि बजारमा नै आज नयाँ वर्ष २०७९ सालको अवसर पारेर उद्धघाटन गर्यो ।

प्रमुख अतिथि ठेला चालक सस्था जिफन्डका पूर्व अध्यक्ष मदन ठकुरी रहेको उद्धघाटन कार्यक्रममा विशिष्ठ अतिथिहरुमा नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखा माडीको सभापति भागीरथ बस्याल र समाजसेवी ऋषिकेश रेग्मी रहनुभएको थियो ।
त्यस्तै अतिथिहरुमा समाजसेवी पत्रकार नबिन बाबु मरहट्टा , समाजसेवी कृष्ण बहादुर कँुवर र गीता अधिकारी लगायत रहनुभएको थियो ।

प्रमुख अतिथि मदन ठकुरीले खुशि हुदै मलाई सम्झेर उद्धघाटनमा आउने अबसर दिनु भएकोमा सभ्य साथि इम्पोरीयम परिवारको साथै देविका कुँवर मेडमलाई धन्यबाद दिदै पसलको प्रगतिको कामना गरेका थिए ।
उद्धघाटन कार्यक्रममा भागीरथ बस्याल , ऋषिकेश रेग्मी र कृष्ण बहादुर कँुवर लगायतले मन्तव्य राखेका थिए ।
मन्तव्यमा नयाँ बर्ष २०७९ सालको शुभकामनाको साथै सभ्य साथि इम्पोरीयम पसलको उन्नती र प्रगतिको कामना गरेका थिए । प्रोपाइटर समाजसेवी देविका कुँवरले सञ्चालन गरेको कार्यक्रममा बसेनी बजारका व्यवसायी र बुद्धिजिविहरुको भव्य उपस्थिति रहेको थियो ।

यस सभ्य साथि इम्पोरीयमको नयाँ शाखामा पुरुषलाई चाहिने टिसर्ट , जुत्ता , चप्पल लगायतका सम्पूर्ण सामानहरु होलसेल मूल्यमा पाईने जानकारी प्रोपाइटर समाजसेवी देविका कुँवरले जानकारी दिनुभयो ।





















