चितवन / नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा चितवनका रामप्रसाद सुवेदी उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
२०५१ सालदेखि केन्द्रीय सदस्य बन्नुभएका सुवेदी ५ औँ पटक उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ २०६३ सालदेखि लगातार उपाध्यक्षमा निर्वाचित हुदै आउनुभएको छ ।
राम मिष्ठान्न भण्डार र श्रीराम पार्टी प्यालेसका सञ्चालक समेत हुनुहुन्छ । २०५२ सालमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहबाट गोरखा दक्षिणबाहु चौथो पदकवाट सम्मानित हुनुभएको थियो ।
महाधिवेशनले ३ वर्षे कार्याकालका लागि ७६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । केन्द्रीय अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित हुनुभएको छ ।
वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्य पदमा मतदान भएको थियो । सुवेदी जनसेवा श्री पाँचौ पदकबाट राष्ट्रपतिबाट सम्मानित हुनुभएको थियो ।
चितवनमा यातायात कार्यालय स्थापना गराउन सक्रिय सुवेदीले चितवनलाई यातायातको हबका रुपमा विकास गर्न लविङ गर्दै आइरहनुभएको छ ।





















