काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी स्थानीय तह निर्वाचन सुरक्षामा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सेना परिचालन गर्न स्वीकृतिका लागि गत शुक्रबार (चैत २४) मा राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेका थिए । ।
राष्ट्रपति भण्डारीबाट सेना परिचालन गर्न स्वीकृति दिएसँगै ७ सय ५३ स्थानीय तहमै निर्वाचन सुरक्षाका लागि सेना खटाउने बाटो खुलेको छ ।
निर्वाचनमा १ लाख म्यादी सहित चारवटै सुरक्षा निकायबाट कार्यरत जनशक्तिमध्ये ८० प्रतिशतभन्दा बढी सुरक्षाकर्मी निर्वाचन सुरक्षामा केन्द्रित गर्ने सरकारको कार्ययोजनामा उल्लेख छ ।






















