चितवन / नेकपा एमाले भरतपुर वाड न. ११ पार्टि कमिटि सचिवालय सदस्य क. जमुना परियार र भरतपुर वाड न. ११ दरबार चोक टोल पार्टि समिति अध्यक्ष क. महेश शाहा नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।
उहाँहरुले नेकपा माओवादी केन्द्र भरतपुर वडा न. ११ का अध्यक्ष प्रकाश देवकोटालाई सयुत्त विज्ञप्ती दिएका थिए ।
उहाँहरु दुवै जनाले सयुत्त विज्ञप्ती मार्फत आजको मिति बाट नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रबेश गरेको नेकपा माओवादी केन्द्र भरतपुर वडा न. ११ का सचिव सन्देश अधिकारीले जानकारी दिए ।
विज्ञप्तीमा भनिएको छ ,
आदरणीय सम्पूर्ण दरबार चोक टोल निवासि सबै प्रति र सरोकार पक्ष प्रति हामी केहि कुराहरु थप प्रस्ट पार्नु पर्ने दायित्व सिर्जना भयो।
हामी एउटा टोल बिकास संस्थाको अध्यक्ष र सचिव भएर काम गर्दै गर्दा जे जतिले सहयोग गर्नु भयो त्यस प्रति टोल बासि र सरोकार पक्ष लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ। हाम्रो यो भुगोलको अवस्था लाई उपभोग गर्ने र व्यक्ति केन्द्रित अहिलेको अबस्थामा बिभिन्न गतिबिधि भईरहेको देखेपछि।
हाम्रो सामाजिक राजनैतिक चेतना झन मुखरित होला भन्दा हामी जस्तो एउटा पछाडि परेको बर्ग बाट अगाडि आउन चाहना राख्ने हामी माथि बिभिन्न प्रकारका अफवाह फैलिरहेको अहिलेको अबस्थामा आजकै मिति बाट हामी नेकपा एमाले पार्टिको कुनै पनि तहमा नरहने र हामी आफ्नो स्वतन्त्रता प्रयोग गरि यो पार्टिको आबद्धता त्याग गर्दै जनताको पार्टि माओवादि केन्द्र पार्टिमा प्रबेश गर्ने घोषणा गर्दछौ।
जमुना परियार
महेश शाहा






















