चितवन / नेपाल सरकारको उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालले चितवनको राप्ती नगरपालिका स्थित १,३२००० केबि पुर्बी चितवन सबस्टेसनको उद्धघाटन गर्नु भएको छ।
नेपाल बिधुत प्राधिकरण पूर्बी चितवन १३२/३३/११ केभी सबस्टेसन समुद्धाटन क्रममा मन्त्री भुषालले माओवादी पार्टीको निर्देसनमा २६ हजार न्यून बिधुत खपत गर्ने उपभोक्ता हरूलाई सरकारले निसुल्क बिजुली उपलब्ध गरायको बताउदै कृषी प्रयोजनका लागी खपत हुने बिधुतमा ५० प्रतिसद छुट दिने कामपनि आफैले गरेको भन्दै बिधुत महसुल कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयले प्रयत्न गरिरहेको र पेट्रोलियम पदार्थको खपत घटाई बिधुतिय सामाग्री तथा बिधुतिय सवारी साधनमा आकर्षण बढाउन सरकारले काम गरिरहेको बताउनु भएको छ ।

उहाँले यस सब स्टेसन संचालन भए संगै गुणस्तरिय बिधुत सेवा प्रवाह गर्न सफलता मिल्ने पनि बताउनु भयो।
त्यतै कार्यक्रमका प्रमुख अतिथी पूर्ब प्रधान मन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्प कमल दाहाल प्रचन्डले माओवादी केन्द्रकै नेत्रित्वमा नेपाल लोडसेडिङको कहालि लाग्दो अवस्थाबाट मुक्त भयको बताउदै अब नेपाली जनताको जिबिको पार्जन नै बिजुली नै हुने बताउनु भयो ।
सोही क्रममा अध्ययक्ष प्रचण्डले नेपालको अपार जलस्रोतको भन्डारले उर्जा उत्पादनको क्षेत्रमा क्रान्तीकारी छलाङग मारिरहेको र यसलाई सरकारले उर्जा क्रान्तिको रूपमा बिकास गर्नुपर्ने भन्दै नेपालको अथाहा उर्जा उत्पादन यसको बजारीकरण र बिस्वबजारमा बिजुली बेचेर आर्थिक क्रार्न्ति गर्दै समृद्दीको यात्रा तय गर्नुपर्ने बताउनु भयो ।
पूर्बी चितवनको सबस्टेसन उद्धघाटन गर्ने क्रममा उहाँले चितवनमा अबको ५० बर्षलाई धान्नेगरी ठूला ठूला भौतिक पूर्बाधारको योजना बनाउन मन्त्री तथा प्राधिकरणका कार्यकारी निर्देसकलाई आग्रह गर्नु भएको छ।
सो अवसरमा अध्यक्ष प्रचन्डले चितवन, मकवानपुरका पुर्बी भाग सहित नवलपुरलाई एकिकृत गरी बिकास प्राधिकरण निर्माण गरी यस क्षेत्रको बृहत्तर बिकास गुरु योजनाको साथ आफू अगाढी बढाउने भाबि योजना समेत जानकारी गराउनु भयो।
भने सो अवसरमा अध्यक्ष प्रचण्डले बिकासमा सबैको समान चिन्ता र चासो हुनुपर्ने बताउदै सबैको सामुहिक प्रयासले मात्र आसातित उपलब्धी हासिल हुनेमा जोड दिनु भयो।
कार्यक्रममा नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देसक तथा कार्यक्रमका अघ्यक्ष कुलमान घिसिङले नेपाल बिधुतप्राधिकरणले ५० बर्षे कार्ययोजना बनाई काम अगाढी बढाइएको बताउदै पूर्बाधार निर्माणमा राजनीतिक दल तथा सरोकार निकाय सबैको सहयोगको लागि आग्रह गर्नु भयो।






















