चितवन / नारायणगढको शहिदचोक स्थित एक घरमा आगलागी भएको छ ।
भरतपुर महानगरपालिका ३ शहिदचोकको एक औषधि गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

अहिले दमकल ,प्रहरी र स्थानियको सहयोगले आगो निभाउने काम सकिसकेको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।





















