चितवन / जनसांस्कृतिक महासंघ जिल्ला समिति चितवनको अयोजनामा जनसांस्कृतिक महासङ्घ चितवनको जिल्ला भेला तथा २४ औँ सांस्कृतिक प्रतिरोध दिवस भरतपुर स्थित नेकपा माओवादी केन्द्र पार्टी कार्यालयको सभाहलमा शनिबार सम्पन्न भयो ।
जनसांस्कृतिक महासङ्घ जिल्ला समिति चितवनको अध्यक्षमा युवा नेता सारदा पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ ।
महासङ्घ शनिबार सम्पन्न अधिवेशनले पौडेलको नेतृत्वमा ४१ सदस्ययी नयाँ कार्य समिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा वि पि पौडेल अपरिचित, सचिवमा विदुर अधिकारी , सहसचिवमा विन्दु तिवारी उषा, कोषाध्यक्षमा अमृता रामदाम निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा राजेन्द्र घायल, यदुनाथ भट्टराई, तुलसी पण्डित,प्रमोद पोखरेल “प्रतीक“, रामनाथ त्रिपाठी,नारायण पौडेल, ज्ञानकुमार श्रेष्ठ, शिवहरि पण्डित, चन्द्रप्रकाश आचार्य,तारा शाह,मिरा पौडेल, पारस वि क, इन्दिरा पौडेल,अनिश सापकोटा,देवीप्रसाद ढकाल, सुमन वि क, प्रकोप सापकोटा,पिताम्वर तिवारी,नारायण देवकोटा, योगेश न्यौपाने,प्रकाश खाती रहेका छन् ।
जनसांस्कृतिक महासङ्घ का अध्यक्ष रामहरि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रणेन्द्र बरालीको प्रमुख अतिथि र विशिष्ट अतिथिमा ने क पा माओवादी केन्द्रका केन्द्रीय सदस्य यमबहादुर परियार इन्द्रजीत रहेका थिए ।

कार्यक्रममा त्यस्तै अन्य अतिथिहरूमा ने क पा माओवादी केन्द्रका केन्दीय सदस्य, अ ने लेखक सङ्घका केन्दीय सदस्य, दलित साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष, बागमती प्रदेश सदस्य तथा जनसांस्कृतिक महासङ्घ चितवनका फ्र्याक्सन इन्चार्ज अम्बिका लामिछाने, जनसांस्कृतिक सङ्घ जिल्ला समिती चितवन तथा अ ने लेखक संघमा केन्द्रीय सल्लाहकार इन्द्र रेग्मी, ने क पा माओवादी केन्द्र भरतपुर महानगरका अध्यक्ष ईश्वर सापकोटा सुमन अ ने ले सं का केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासंघ चितवनका उपाध्यक्ष राजेन्द्र घायल, अ ने ले सं का केन्द्रीय सदस्य कृष्णप्रसाद पोखरेल, अ ने ज सां म सङ्घका पूर्व अध्यक्ष हरिप्रसाद गजुरेल लगायत राजनीतिक तथा साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अतिथि स्रष्टाहरू बाट शुभकामना मन्तव्य राख्नुका साथै शारदा पौडेल, विदुर अधिकारी,रामनाथ त्रिपाठी,योगेश न्यौपाने समेत कविहरूबाट आआफ्ना रचना वाचन गर्नुभएको थियो ।
भेलाको पहिलोसत्रको अन्तमा अध्यक्ष रामहरि श्रेष्ठ बाट २०७३ वैशाख ०५ गते आफ्नो अध्यक्षतामा गठन भएको कार्यसमिति विघटन भएको घोषणा गर्दै कार्यसमितिमा रहेर आआफ्नो भूमिका निभाउनुहुने सबैप्रति धन्यवाद दिदै कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिनुहुने अतिथि कम्रेड साथै मञ्च तथा खाजा व्यवस्थापन गर्नुहुने विदुर अधिकारी,वि पि अपरिचित समेत सबैप्रति आभार व्यक्त गर्दै नयाँ कार्यसमिति गठनका लागि इन्द्रप्रसाद रेग्मीको संयोजकत्वमा हरिप्रसाद गजुरेल र कृष्णप्रसाद पोखरेल समेतको तीन सदस्यीय निर्वाचन समिति गठन गर्दै पहिलो सत्रको कार्यक्रम समापन भएको घोषणा गर्नुभयो । निर्वाचन समिती बाट प्रस्तावित कार्यसमितिको नाम क. इश्वर सापकोटा सुमनले पढेर सुनाउनुका साथै हल बाट स्वीकृत गरिएको थियो ।
कार्यक्रमको प्रारम्भमा जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष राजेन्द्र घायलले मीठो सिर्जना सहित स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमलाई जनसांस्कृतिक महासङ्घ चितवनका सचिव शरदा पौडेलले बडो शिष्ट शैलीमा सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सस्थापक र पूर्व कार्यसमिति लगायतका सदस्यहरुको भव्य उपस्थिति थियो ।
























