भरतपुर / नेकपा एमालेका स्थायी कमिटी सदस्य एबम् पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकालले देशको परिस्थितिलाई मध्य नजर गर्दै जुन पार्टी सग पनि तालमेल हुन सक्ने बताएका छन ।
माओवादी सग हाम्रो पार्टी नेकपा एमालेको सधै सकारात्मक सोच छ त्यसैले माओवादीलाई एमालेको ढोका सदैब खुल्ला रहेको समेत प्रष्ट पारे ।
बैधानिक पार्टी जुनसुकै भए पनि फरक पर्दैन ढ्कालले भने, काङ्ग्रेस र माओवादी जुनसुकै पार्टी सग पनि गठबन्धन हुन सक्ने सकेत गरे । अपठ्यारोको बेलामा माओवादीको साहारा भनेको नै नेकपा एमाले हो ।
प्रेस चाैतारी नेपाल चितवनले आज सनिवार भरतपुरमा आयोजना गरेको प्रत्रकार सम्मेलनमा बोल्दै ढकालले आगामी स्थानीय निर्वाचनमा काङ्ग्रेस र एमाले बिच प्रतिस्पर्धा हुने बताए । फरक प्रसङ्गमा उनले मतपत्रमा रगको राजनीति भएको जिकिर समेत गरे ।
नेता ढकाल नेपाल उद्योग संघको दोश्रो राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न चितवन आउनु भएको हो ।





















