काठमाडौं / लुइस स्वारेजको गोलमा स्पान्योलमाथि जित निकाल्दै बार्सिलोनाले स्पेनिस ला लिगा जित्ने आशालाई कायम राखेको छ ।घरेलु मैदान नाओ क्याम्पमा भएको खेलमा बार्सिलोनाले स्पान्योललाई १–० गोल अन्तरले हराउँदै लालिगाको उपाधि यात्रामा थप बल पुर्याएको छ ।
अर्काेतर्फ हारको सामना गरेको स्पान्योल भने लालिगाबाट रेलिगेट हुने निश्चित भएको छ ।गोलरहित पहिलो हाफ खेलेको दुबै क्लब दोश्रो हाफको ८ मिनटभित्रमा १० खेलाडीमा सिमित बनेको थियो ।
बार्साका अन्शु फाटीले स्पान्योलका फर्नान्डो कालेरोमाथि फाउनल खेलेपछि रेड कार्ड खाए भने स्पान्योलका पोल लोजानो पनि गलत ट्याकलका लागि रेड कार्ड खाादै मैदानबाट बाहिर पठाईएका थिए ।त्यसपछि ५६औं मिनटमा स्वारेजले गोल गर्दै बार्सालाई उपाधि होडमा महत्वपूर्ण तीन अंक दिलाए ।
यो जितले बार्सालाई शिर्ष स्थनमा रहेको रियाल मड्रिडबाट एक अंक मात्र पछि पारेको छ । उसको ३५ खेलमा ७६ अंक भएको छ भने रियालको ३४ खेलमा ७७ अंक छ ।
लिगमा तीन चरणको खेल बाँकी रहँदा स्पान्योलको जम्मा २४ अंक छ र अब बाँकी तीनै खेलमा जित निकाले पनि स्पान्योल तल्लो डिभिजनमा घटुवा हुने पक्का भएको छ ।





















