काठमाडौं / औषधि व्यवस्था विभागले दुई प्रकारका औषधि बिक्रीवितरणमा रोक लगाएको छ । विभागले न्यून गुणस्तरको रहेको जनाउँदै लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित औषधिको बिक्रीवितरणमा रोक लगाएको हो ।
मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) बिक्रीवितरणमा रोक लगाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिनुभयो ।
विभागले औषधि ऐन २०३५ को दफा १४ बमोजिम ती औषधि बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन समेत दिएको छ । विभागले ती औषधि सिफारिस, बिक्रीवितरण तथा प्रयोग नगर्न आग्रह गरेको छ ।





















