चितवन / भरतपुर महानगरपालिका वडा नं ११ का वडाअध्यक्ष वावुराम अधिकारीले वडा अध्यक्ष भए बापत प्राप्त पारिश्रमिक वडाकै बिकासमा खर्चनु भएको छ ।
वडाध्यक्ष अधिकारीले निर्वाचित भएपछि महानगरवाट प्राप्त सेवा सुविधा बापत प्राप्त रकम वडा भित्र वन्न लागेका परियाेजनाहरुमा प्रदान गर्नुभएकाे हाे ।
उहाँले वडा भित्र वन्दै गरेकाे गणेशधाम परियोजनाका लागि रु. एकलाख ५० हजार एकसय ५१ र नयाँकिरण माध्यमिक बिधालय भाेजाडमा काेठा निर्माणका लागि रकम रु• दुईलाख ११ हजार एकसय ११ प्रदान गर्नुभएको छ ।
सम्वन्धित परियोजनालाई आंशिक रकम दिईएकाे र अरु रकम छिट्टै हस्तान्तरण गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । वडाअध्यक्षले निर्वाचित भएर करिव एक वर्ष करकट्टि गरि मासिक रु. २२,०००/- का दरले तलव वुझेका थिए ।
त्यसपछि वडाका जनप्रतिनिधिलाई तलव बापत भुक्तान हुने रकममा राेक लागेकाे थियोे । तर महानगरले अन्य सेवासुविधा बापत प्रदान गर्दै आईरहेकाे न्युन रकमहरु संचित गरेर उक्त परियाेजनाहरुका लागि हस्तान्तरण गर्न लागिएकाे अधिकारीले वताउनुभयाे ।
अधिकारीकाे यस कदमकाे स्थानीय वडावासीले प्रशंसा गरेका छन् । महानगरकै सवैभन्दा वढी जनसंख्या रहेकाे उक्त वडामा गत स्थानीय तहमा नेकपा(एमाले) वाट महानगरमै सवैभन्दा वढी मत ल्याएर अधिकारी वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
पारदर्शी र ईमान्दार कार्यशैलीका कारण अध्यक्ष अधिकारी वडामा लाेकप्रिय मानिन्छन् ।





















