चितवन / उद्योग वाणिज्य संघ चितवनको वाणिज्य तर्फको उपाध्यक्षमा युवा व्यवसायी शिरिष पन्त बिजयी भएका छन् ।
संघको ५५ औं बार्षिक साधारण सभा तथा अधिवेशनमा वाणिज्य तर्फको उपाध्यक्षमा पन्त बिजयी भएका हुन् ।
उद्योग वाणिज्य संघ नारायणगढमा हिजो सम्पन्न भएको मतदानमा पन्त र शंकर नेपालबीच प्रतिस्पर्धा भएको थियो । उनी नेपाललाई हराउदै बिजयी भएका हुन् ।
संघको परिसरमा विहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान चलेको थियो । कुल ३ हजार ४ सय ३७ मतदाता रहेकोमा २२ सय १ मत मात्रै खसेको थियो ।
उवासंघ चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ यस अघि नै सर्वसम्मत भइसकेका छन् । मनोनयन दर्ताको क्रममा श्रेष्ठ बाहेक अन्यको उमेदवारी नपरेपछि अध्यक्षमा श्रेष्ठ सर्वसम्मत भएका हुन् । श्रेष्ठसँगै वरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ र उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी सुवेदी, कार्यसमिति सदस्यहरु महिला उद्यमतर्फ पूर्णिमा श्रेष्ठ, एसोसिएटतर्फ रजनी मास्के र डा जीवन श्रेष्ठ निर्विरोध भएका छन् ।





















