भरतपुर / “कामदारको सुरक्षा, उद्योगको दिगो रक्षा” भन्ने मूल नाराका साथ चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ ।
चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्कीको अध्यक्षमा सम्पन्न तेश्रो साधारणसभा तथा दोश्रो अधिवेशनमा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख यादवनाथ आचार्य, ग्रिल व्यवसायी महासंघका संस्थापक केन्द्रीय सदस्य अशोक बर्मा, चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका सल्लाहकार एवम् चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, ग्रिल तथा स्टिल व्यवसायी संघ नवलपरासीका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, ग्रिल तथा स्टिल व्यवसायी संघ हेटौडाका अध्यक्ष केशव प्रसाई, ग्रिल तथा स्टिल व्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष देवी कार्कीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सल्लाहकारहरु तारा प्रसाद पौडेल, गोविन्द प्रसाद खनाल, बेलबहादुर कार्की, गजेन्द्र अधिकारी, दिलिप प्रसाद खनाल, मेहरमान श्रेष्ठ, खिमानन्द न्यौपाने, चितवन उद्योग संघ माडी इकाई समितिका अध्यक्ष भोजराज खनाल, चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कँुबर, चितवन उद्योग संघ युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो ।
चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्कीले स्वागत मन्तव्य र समितिले हालसम्म गरेका गतिविधि माथि प्रकाश पार्नुभएको कार्यक्रममा दुर्घटना राहत कोषमा सबैभन्दा बढी कर्मचारी सम्लग्न गराउने उद्योगहरु मध्ये प्रथम व्यस्त मेटल उद्योग, द्धितीय भोले बाबा कृषि औजार उद्योग, तृतीय नेपाल मेटेरियल ह्याण्डलिङ्ग ईन्जिनियरिङ्ग वर्कशप, सान्त्वना लक्ष्मी इन्जिनियरिङ्ग कार्यशाला, आर.एन.आर.ट्रस एण्ड ग्रिल उद्योग, डि.एस.बि.तारजाली एण्ड आइरन उद्योगलाई सम्मान सहित पुरस्कृत गरिएको थियो ।
त्यसैगरी समितिको साधारणसभाको अवसरमा सचिवालय निर्माणमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै त्रिदेव इन्जिनियरिङ वर्कशप, एस.एस.ई.एण्ड रिसर्च सेन्टर, भण्डारी ग्रिल उद्योग, राजेन्द्र ग्रिल उद्योग, सम्राट इण्डष्ट्रिज, सरस्वती जाली उद्योग, नेपाल मेटेरियल ह्याण्डलिङ ई.वर्कशप, ॐ स्टिल सप्लायर्स, त्रिवेणी ग्रिल सटर उद्योग, अन्नपूर्ण मेटल उद्योग, रबि ग्रिल सटर उद्योग, मातृछायाँ आइरन वर्कशप, भिजन इन्जिनियरिङ वर्कशप, श्रीकृष्ण वायर नेटिङ प्रा.लि., एक्सिस ई.एण्ड मल्टी सर्भिसेज प्रा.लि., अधिकारी टेडर्स, आधुनिक झ्याल ढोका संसार, व्यस्त मेटल उद्योग, रुमी ग्रिल सटर वर्कशपलाई सम्मान गरिएको थियो त्यसैगरी साधारणसभाको अवसरमा समितिलाई सहयोग गर्ने जिन्दाल एस.एस.पाइप, गोयल मेटल ईण्डष्ट्रिज प्रा.लि., जोशी सप्लायर्स, कैलाश स्टिल सप्लायर्स, लक्ष्मी नारायण टेडिङ्ग प्रा.लि., मालिका देवी स्टोर्स, मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि., माँ वैष्णु हार्डवेयर जगदम्बा इन्टरप्राईजेज, राजेश हार्डवेयर प्रा.लि., स्टिल उड इन्टरप्राईजेज प्रा.लि., शुभ श्री जगदम्बा इन्टरप्राइजेज प्रा.लि.लाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा भण्डारी ग्रिल उद्योगका सञ्चालक कृष्ण प्रसाद भण्डारी, एस.एस.ई.एण्ड रिसर्च सेन्टरका सञ्चालक शान्ता न्यौपाने, नेपाल मेटेरियल ह्याण्डलिङ वर्कशपका सञ्चालक दुर्गालाल सापकोटा, चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल रहनुभएको थियो ।
तारा बहादुर कार्कीको नेतृत्वमा पुनः चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति साधारणसभाले ताराबहादुर कार्कीको अध्यक्षतामा पुनः दुईवर्षे कार्यकालका लागि १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षहरुमा कृष्ण प्रसाद भण्डारी, मोहनलाल श्रेष्ठ, राजु पुडासैनी, सचिवमा दुर्गालाल सापकोटा, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ, सह–सचिवमा रुकेश सापकोटा, सदस्यहरुमा सूर्य प्रसाद तिमिल्सिना, रामहरि कँडेल, युवराज बराल, लोकनाथ सुवेदी, उद्धव न्यौपाने, विरेन्द्र बहादुर दवाडी, विवेक देवकोटा, धर्मराज अधिकारी, सन्तोष श्रेष्ठ चयन हुनुभएको हो ।
नवनिर्वाचित समितिका अध्यक्षलाई निर्वाचन मण्डलका संयोजक चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले र अन्य पदाधिकारी एवम् सदस्यहरुलाई नवनिर्वाचित अध्यक्षले सपथ ग्रहण गराउनु भएको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल प्रमुख निर्वाचन अधिकृत रहनुभएको निर्वाचन मण्डलको सदस्यहरुमा चितवन उद्योग संघ प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल र सञ्चार अधिकृत राज भट्ट रहनुभएको थियो ।
तेश्रो साधारणसभा एवम् दोश्रो अधिवेशनलाई नवनिर्वाचित अध्यक्ष तारा बहादुर कार्कीबाट प्रतिवद्धता मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो । यसअघि चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति बन्द सत्र कार्यक्रम सम्पन्न भयो ।
चितवन मेटल इन्जिनियरिड्ड एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा चितवन मेटल इन्जिनियरिड्ड एण्ड फेब्रिकेशन उद्योग समितिका सल्लाहकार तारा प्रसाद पौडेल प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि पौडेलले मेटल उद्यमीहरुलाई सरकारले अन्य उद्यमीहरुलाई प्रदान गर्ने सहुलियत, छुट लगायतका विषयमा सम्बोधन गरिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–मेटल उद्योगमा कार्यरत कर्मचारीहरुको सुरक्षासँगै स्तरउन्नति गर्न सकियो भने मेटल उद्यमीको भविष्य उज्ज्वल रहेको समेत बताउनुभयो ।
त्यस्तै अध्यक्ष तारा बहादुर कार्कीले समितिको २०७६ / २०७८ कार्यकालमा आफूलाई सहयोग गर्नेहरु मध्ये उत्कृष्ट चारजनालाई अध्यक्ष अवार्डबाट सम्मान गर्नुभएको थियो ।






















