चितवन / पत्रकार विप्लव काफ्ले आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । शनिबार उद्योग वाणिज्य संघ चितवनले ५५ औ साधरणसभामा काफ्लेलाई पुरस्कार प्रदान गरेको हो ।
उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले ५१ हजारको पुरस्कार चेक हस्तान्तरण गरेका हुन् । २०६५ सालदेखि पत्रकारितामा क्रियाशिल काफ्ले कालिका एफएममा समाचार प्रमुख र कारोबार दैनिकको चितवन संवाददातासमेत रहेका छन् ।

चितवनका युवा उद्यमी कृष्ण सापकोटा नगद एकलाख रुपैयाको पुरस्कारसहित उत्कृष्ट युवा उद्यमी पुरस्कारबाट सम्मानित भएका छन् ।
उद्योग वाणिज्य संघ चितवनले मालिका हस्पिटालिटी एण्ड फुड्स प्रा.लिका कार्यकारी निर्देशक सापकोटालाई उद्योग वाणिज्य संघ चितवन हिरालाल सन्तुदेवी उत्कृष्ट युवा उद्यमी पुरस्कार पुरस्कार प्रदान गरेको हो ।
संघ अध्यक्ष राजु श्रेष्ठ उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पुरस्कारको चेक हस्तान्तरणसगैँ सम्मानित गरेका थिए । सापकोटा युवा उद्यमी मञ्चका केन्द्रिय सदस्य पनि हुन् । सामाजिक सेवा र व्यवसायमा नविनतम प्रयोग उनको भिन्न विशेषता हुन् ।





















