चितवन / साहित्यकार तथा समाजसेवी इन्दिरा पौडेल मरहट्टाको “पर्खाल” उपन्यास एक कार्यक्रम गरि विमोचन भएको छ ।
चितवन सेवा समाज अससका केन्द्रीय अध्यक्ष समिर खत्रीको अध्यक्षतामा शनिबार भरतपुरमा पर्खाल उपन्यास विमोचन गरिएको हो ।
कार्यक्रमका अध्यक्ष समिर खत्री, अन्य अतिथि र प्रमुख अतिथि विरेन्द्र बहुमुखि क्याम्पसका सह प्राध्यापक तथा चितवन साहित्य परिषदका अध्यक्ष जगन्नाथ पण्डितले संयूक्त रुपमा उक्त उपन्यास विमोचन गरिएको हो ।

साहित्य संगम चितवनका पूर्ब अध्यक्ष मोदनाथ मरहट्टा, प्राध्यापक प्रभा मरहट्टा तथा शिव कोईरालाले उपन्यास माथि स्पष्ट पारेका थिए । उनीहरुले पर्खाल उपन्यास सबैले पढ्नै पर्ने पठनीय र रुचिकरहने बताउनु भयो ।
आँपपिपल गाविस दार्मीचौर गोरखामा जन्मेर भरतपुर १२ चितवन मा आउनु भएकि साहित्यकार इन्दिरा पौडेल मरहट्टाले शुरुवाति दिनमा आफूले भोगेका पिडाहरुको बारेमा बताउनु भयो । बैदेशिक रोजगारीमा गएर केहि गर्छु भन्ने उहाँको ईच्छालाई शुरुमा कसैबाट पनि सहयोग नभएको र पछि कठोर निर्णय संगै उहाँ रोजगारीको राम्रो गन्तव्य रहेको ईजरायल हानिनु भयो ।
घरदेश छोडेर परदेश गई आफनो बाल बच्चालाई पठन पाठनमा लगाई मजबुद बन्नु भएकि इन्दिराले भाबुक हुदै भन्नु भयो , सानै देखि मनमा लेख्ने चाहना हुन्थ्यो र मनलाई हलुको बनाउ जस्तो लाग्थ्यो तर १४ बर्षको कलिलो उमेरमा नै विवाह बन्धन पछि घरपरिवारको डर तथा संकोचले पूरा हुन पाएनन् ।
यद्धेपि सन्तानको भविष्यको लागि बैदेसिक यात्रामा कामको भार संगै त्यहि लेख्ने ईच्छा जागृत हुँदा पर्खाल उपन्यास तयार भएको उहाँले बताउनु भयो ।
कार्यक्रममा उनका श्रीमान् कृष्णलाल पौडेलले खुलेर प्रसंसा गर्नु भयो । कार्यक्रममा अतिथिहरु चितवन सेवा समाजका संरक्षक मुक्ति प्रसाद अधिकारी, चिसेस ईजरायलका नयन सापकोटा, भरतपुर वडा १२ चितवनको वडा सदस्य विमला भट्टराई मरहट्टा, रमेश पौडेल, सिता अधिकारी, आरति पौडेल, अन्जु ढकाल, राम्जी खनियाँ , पत्रकार नबिन मरहट्टा , पत्रकार रवि भट्ट लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लोक तथा दोहारी गायिका सरिता गुरुङ श्रेष्ठले उपन्यासकार इन्दिरालाई निकै कठिनाईको बाबजुद पनि आफनो कामसंगै उपन्यास तयार गरेकोमा र समाज सेवामा लाग्नु भएकोमा उहाँलाई धन्यवाद दिनुभयो । गायिका गुरुङले आफनो आवाजमा केहि गितहरु पनि गाउँनु भयो ।

कार्यक्रमलाई चितवन सेवा समाजका केन्द्रीय उपाध्यक्ष लाल बहादुर भट्टले स्वागत मन्तव्य तथा महा सचिव मित्रलाल पाण्डेले सहजिकरण गर्नु भएको थियो । गायिका सरिता गुरुङ श्रेष्ठले उपन्यासकार इन्दिरालाई निकै कठिनाईको बाबजुद पनि आफनो कामसंगै उपन्यास तयार गरेकोमा र समाज सेवामा लाग्नु भएकोमा उहाँलाई धन्यवाद दिनुभयो । गायिका गुरुङले आफनो आवाजमा केहि गितहरु पनि गाउँनु भयो ।
कार्यक्रमलाई चितवन सेवा समाजका केन्द्रीय उपाध्यक्ष लाल बहादुर भट्टले स्वागत मन्तव्य तथा महा सचिव मित्रलाल पाण्डेले सहजिकरण गर्नु भएको थियो ।
























