कुन मुख लिएर आउछौ नेता, गाउँमा माग्न भोट
अझै पनि भरिएन् , तिम्रा ती कोट।
बाहिर एउटा कुरा गर्छौ,सम्सदमा गर्छौ अर्को
तिमिहरू कोहि पनी , लाग्नै छोड्यौ भरको।
राजनिति भनेको त , पेशा ठगी खाने
हामीहरूले भोट नदिए, अब कहाँ जाने।
झुटो बोल्ने जनता ढाट्रने,पैसा कमाउने
तीन पुस्तालाई पुग्ने गरि, आफै जमाउने।
छोड्यौ भने लोभ मोह ,भ्रस्टचार र झोटो
पलाउलाकी राजनितिको, सानो सानो बुटो ।
कुन मुख लिएर आउछौ नेता, गाउँमा भोट माग्न
कुन मुख लिएर आउछौ नेता, गाउँमा भोट माग्न
"कविता "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















