चितवन / भरतपुर महानगरपालिका चितवनको प्रमुख रेनु दाहालले भरतपुर वडा नम्बर २१ पार्वतीपुरको स्वास्थ्य चौकीको नयाँ भवनको शिलान्यास गर्नुभएको छ ।
भवन शिलान्यासका क्रममा प्रमुख दाहालले भरतपुर महानगरपालिकाभित्र ठूला र रणनीतिक महत्वका आयोजनाहरु द्रूत गतिका साथ अगाडि बढिरहेकोमा जोड दिँदै विकासमा सबैको साझेदारी र अपनत्व हुनुपर्ने बताउनुभएको छ ।

चार सय वर्ग मिटर क्षेत्रफलमा निर्माण हुने दुई तले भवनमा अत्याधुनिक सुविधाहरु समेत रहनेछन् । सो भवन आगामी मंसिरभित्र सम्पन्न गर्नेगरि ७९ लाख ७६ हजार ९९१ रुपैयाँमा ठेक्का सम्झौता भएको भरतपुर महानगरपालिकाका इन्जिनीयर सन्तोष आचार्यले जानकारी दिनुभयो ।





















