चितवन / नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाको आयोजनामा रमाइलो वनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ। शनिबार भरतपुर महानगरको भतेरीमा वनभोज गरिएको हो।
चितवनबाट नेपाल स्टेशनरी तथा पुस्तक व्यवसायी महासंघमा निर्वाचित भएका केन्द्रीय उपाध्यक्ष किरण खनाल, केन्द्रीय सदस्य ,सरोज मास्के, राजेन्द्र तिवारी,महिला केन्द्रीय सदस्य कोपिला गिरी र केन्द्रीय लेखा समितिका ससदस्य वुद्धि सागर कँडेललाई बधाई ज्ञापन सहित सम्मान गरेको छ।
बधाई कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ बाग्मती प्रदेशका सचिव हरी प्रसाद पौडेल ले शुभकामना व्यक्त गर्दै ढुवानी सेवा र व्यवसायिक विमा बारे धारणा राखेका थिए। वनभोज कार्यक्रम लाई शुभकामना दिँदै उधोग वाणिज्य संघ चितवनका सदस्य रजनी मास्के ले यसरी आयोजना हुने वनभोज बाट एक आपसमा नजिक हुने र व्यवसायी हरु लाई रमाइलो भेटघाट आवश्यक पर्ने हुँदा यस्ता कार्यक्रम अयोजना गर्न पर्ने बिचार राखेकी थिइन्।
त्यस्तै निवर्तमान अध्यक्ष एवं वर्तमान महासंघ का केन्द्रीय सदस्य राजेन्द्र तिवारी ले केन्द्र को प्रथम बैठक मा प्रकाशक ले व्यवसायी हरुले 20 प्रतिशत बिलिङ पाउनु पर्ने, अंकित मुल्य मा पुस्तक बिक्री पारदर्शी बनाउन छलफल भएको बताए।
शुभकामना मन्तव्य राखेका केन्द्रीय उपाध्यक्ष पुष्प राज पौडेल ले अब देश भर नै अंकित मुल्यमा पुस्तक बिक्री गर्न आफु लागि पर्ने प्रतिबद्धता जनाए।साथै चितवनले यसको यसको अगुवाइ गरेकोमा धन्यवाद व्यक्त गरे। कार्यक्रम का प्रमुख अतिथी, महासंघका केन्द्रीय उपाध्यक्ष किरण खनाल ले केन्द्रीय समितिको बैठकमा पेशा को सुरक्षा र दिगोपनका लागि छलफल भएको जानकारी दिए।
उपाध्यक्ष खनालले पुस्तक मा मात्र नभई स्टेशनरी का भन्सार का कागज देखि टाँसी का सामान हरुको समस्या हल गरी पुस्तक का अंकित मुल्य जस्तै स्टेसनरी मा पनि एकरुपता ल्याउन सहयोग पुर्याउन आग्रह गरेका थिए।
भरतपुर बजार क्षेत्र का व्यवसायी हरुले आफ्नै अगाडी भारी छुटमा पुस्तक बिक्री गरी नियम उल्लङ्घन गरको भन्दै चिन्ता व्यक्त गरे।
खनालले यसरि नियम उल्लंघन गर्ने लाई कडा छानविन समिति गठन गरी जागरण मुखी अभियान चलाउन चितवन शाखाका अध्यक्ष उधोग बिक्रम बानियाँ लाई अनुरोध गरेका थिए। नेपाल सरकारले निर्धारण गरेको अंकित मुल्य लाई घटाएर बेच्न आवश्यक नरहेको बताउँदै प्रमुख अतिथि खनालले चितवन जिल्ला मात्र नभई देश भर अंकित मुल्यमा पुस्तक बिक्री गर्न पहल शुरु भएको बताए।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाका प्रथम उपाध्यक्ष काजीराम चौधरीले स्वागत गरेका थिए। शाखाका अध्यक्ष उद्योग विक्रम बानियाँ को सभापतित्वमा सम्पन्न कार्यक्रमलाइ सचिव महेन्द्र कोइराला ले सञ्चालन गरेको थिए।
वनभोज मा लोक गीत, नृत्य, विङ्गो जस्ता रमाइलो कार्यक्रम गरिएको थियो ।





















