काठमाडौं । आज पनि एमसिसी खारेजीको लागि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भएको छ । नेकपा माओवादी केन्द्र सम्बद्द विभिन्न संगठनले एमसिसी खारेजीको माग राख्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनले काठमाडौँ उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ । नयाँ बानेश्वर क्षेत्र भएर चल्ने गाडीको आवागमन प्रभावित भएको हो । आवागमन प्रभावित भएपछि यात्रु पनि मारमा परेका छन् ।
विरोधका कारण गाडी चल्न नसक्दा यात्रु गन्तव्यमा नपुगी बीच बाटोमै अलपत्र परेका छन् । कतिपय गाडीलाई ट्राफिक प्रहरीले रोकेपछि अलपत्र परेका छन् ।
अहिले बानेश्वर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
कोटेश्वरतर्फबाट आएका सवारीसाधन पुरानो बानेश्वरतर्फ वैकल्पिक मार्गका लागि खुला गरिएको छ भने माइतीघरबाट आउने सवारी साधनलाई बिजुलीबजारबाट वैकल्पिक मार्ग खोलिएको छ।





















