भेट्यो कि त वचनका वाँणले किन हान्नु हुन्छ ॽ
अघि बढ्न खोज्छु मेरै खुट्टा किन तान्नु हुन्छ ॽ
पीडाले नै गलि सकें घोच्छ च्वास्स च्वास्स।
अरूको नि मन हुन्छ भन्ने कहिले जान्नु हुन्छ ॽ
गर्नुस् काम ढिला भयो बितिसक्यो बेला
जनताले गाँस काटेर ख्वाछन् कैल्यै मान्नु हुन्छ ॽ
देश् देश् डुली केश फूल्यो गनिनुन्छ ज्ञता
आफ्नो पराई कुन विवेकको प्रयोग गरी छान्नु हुन्छ ॽ
आफैले आफैँलाई मपाइँ भनी भनी
कैलेसम्म यही पाराले कति पुस्ता धान्नु हुन्छ ॽ





















