काठमाडौं / सात वटा लघुवित्त वित्तीय संस्थाले २३ करोड रूपैयाँको २३ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएका छन् ।
सात लघुवित्त कम्पनीहरूले २३ लाख ४ हजार ५५६ कित्ता आईपीओ बिक्रीको अनुमति मागेका छन् ।
आदर्श लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्त, धौलागिरी लघुवित्त संस्था, अभियान लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले समेत आईपीओ बिक्रीको अनुमति मागेका छन् ।
यी सबै कम्पनीले बोर्डबाट अनुमति पाउना साथ आईपीओको बिक्री खुलाउँछन् ।
जसमध्ये अभियान लघुवित्तको सबैभन्दा ९ लाख ७५ हजार कित्ता आईपीओ आउनेछ । यस्तै, सिवाइसी लघुवित्तको ३ लाख ९५ हजार ३३६ कित्ता, धौलागिरी लघुवित्तको ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्रीको अनुमति मागेका छन् ।
यसैगरी, उपकार लघुवित्तले २ लाख ६६ हजार २५० कित्ता, आत्मनिर्भर लघुवित्तले १ लाख ८० हजार कित्ता, बिपिडब्लु लघुवित्तले ९७ हजार कित्ता र आदर्श लघुवित्तले ६० हजार कित्ता आईपीओ बिक्रीको अनुमति मागेको बोर्डले जानकारी दिएको छ ।





















