चितवन / चितवनका युवा विद्यार्थीहरु स्थिर सरकारको माग गर्दै सडकमा ओर्लिएका छन् । वर्तमान केपी ओली सरकार पाँच वर्ष निरन्तर चल्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
वर्तमान सरकारको पार्टी भित्रबाटै राजीनामा मागिएपछि त्यसको विरोधमा भरतपुरमा युवा, विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
आज दिउँसो भरतपुरको चौबीसकोठीमा राष्ट्रिय झण्डा, नेपालको नक्सा र केपी ओलीको फोटो सहित प्रदर्शनमा उत्रिएका थिए ।
भरतपुरको चौबिसकोठी मा विभिन्न प्लेकार्ड बोकेर लामबद्धरुपमा प्रदर्शन गरेका थिए । प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाल बार एसोसिएसन चितवनका अध्यक्ष कमल पाठकले देशले गुमाएको भूमिसहितको नेपालको नक्सा सार्वजनिक गरे लगत्तै पार्टीभित्रबाटै सरकारको राजीनामा माग गर्नु विडम्वना भएको बताउनुभयो ।
प्रदर्शमा सहभागी ले स्थिर सरकार चाहिन्छ भन्ने पक्षमा सडकमा आएको बताउँदै यो वा त्यो भन्दा पनि नेपालमा स्थिर सरकार हुनुपर्नेमा जोड दिएका थिए ।





















