काठमाडौं / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश निर्वाचनकेन्द्रीत हुन थालेकाले पार्टीलाई गाउँ केन्द्रीत कार्यक्रम वनाएर परिचालन गर्न निर्देशन दिएका छन्।
माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल वैठकलाई बिहिबार सम्वोधन गर्दे अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन्। उनले यथास्थितिमा राष्ट्रिय सहमति विना एमसीसी पारित नहुने बताए।
एमसीसीलाई हतियार बनाएर गठवन्धन तोड्ने, राजनीतिक बातावरण विगार्न र प्रतिगमनमा देशलाई लैजाने षड्यन्त्र असफल भएको भन्दै प्रचण्डले एमसीसी विषयलाई लिएर गठवन्धन नटुट्ने बताए।





















