चितवन / नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएपछि आन्तरिक हवाइ उडानको भाडादर पनि वृद्धि भएको छ ।
नेपाल वायुसेवा सञ्चालक संघले शुक्रबारबाट लागूहुनेगरी भाडा बढाएको हो । हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढीले मूल्य घटबढ भएको अनुपातमा भाडा समायोजन गर्ने अधिकार संघले प्रयोग गरेको हो ।
बढेको दरअनुसार सबैभन्दा काठमाडौं – भरतपुर १०५ रुपैयाँ बढेको संघले जनाएको छ ।
संघले १०५ रुपैयाँ देखि ४४५सम्म वृद्धि गरेको संघले जनाएको छ ।





















