चितवन / चितवनमा थप ५ जनामा कोरोना भाईरस पुष्टि भएको छ ।
आज गरिएको परिक्षणमा चितवनको क्वारेनटीनमा बसेका रत्ननगर ७ मा एक महिला र माडिमा चार जना पुरुष गरि ५ जना पुरुषमा कोरोना भईरस पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
प्रयोगशालाका अनुसार संक्रमित हुने व्यक्तिहरुमा माडी नगरपालिका–२ का ४४ वर्षीय पुरुष, माडी नगरपालिका–६ का २४, २६ र ४५ वर्षीय पुरुष , रत्ननगर नगरपालिका–७ की २५ वर्षीया महिला रहेका छन् ।
कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । उनीहरु पाँच जना नै क्वारेन्टिनमा रहेका छन् ।





















