चितवन / मालपोत कार्यालय चितवनका सेवाहरु स्थगित भएका छन् । कार्यालयले सोमबार एक सुचना जारी गर्दै कार्यालयको आन्तरिक तथा प्रशासनक कार्यबाहेक कार्यालयका अन्य सेवाहरु आज माघ १० गते बाट माघ १६ गते सम्म स्थगित भएको जनाएको छ ।
सेवा प्रवाहको क्रममा मालपोत कार्यालयका कार्यलय प्रमुख सहित चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा स्थगित गर्नुपरेको कार्यालयका सुचना अधिकारी हेम तिमील्सिनाले बताए ।
उनले संक्रमित कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीहरु होम आइसोलेसनमा बस्न परेको हुनाले सेवा प्रवाह सुचारु गर्न नसकिएको बताए ।






















