चितवन / चितवन प्रहरीले आज भरतपुर महानगर क्षेत्रबाट आठ जना जुवाडेलाई पक्राउ गरेको छ । लकडाउनका समयमा जुवातास नियन्त्रण गर्ने चितवन प्रहरीको मिसन अभियान अन्तरगत भरतपुर महानगरपालिका वडा नम्बर १ मिलन रोड स्थित प्रकाशमान कर्माचार्यको घरमा आज दिउँसो ४ बजे लुकिछिपी जुवा तास खेलि रहदा नगद सहित उनीहरु पक्राउ परेका हुन् ।
विशेष सूचनाको आधारमा अप्रेशनमा खटिएको प्रहरीले ६१ हजार ७ सय ४३ रुपयाँ र तीन बुकतास बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् डिएसपी सुर्यबहादुर थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १ का ५५ बर्षिय प्रकाशमान कर्माचार्य, सोही स्थानका ४५ बर्षिय सरस्वती कुमार श्रेष्ठ, ५७ बर्षिय गम्भिर श्रेष्ठ, ४१ बर्षिय अनिल कुमार श्रेष्ठ, ४९ बर्षिय राज कुमार श्रेष्ठ, ४५ बर्षिय सुर्य कुमार श्रेष्ठ, ३५ बर्षिय पुष्प श्रेष्ठ र भारतको कोलकाता घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर २ बस्ने ३८ बर्षिय बप्पी खान रहेको उनले बताए ।साथै उनीहरुलाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान चितवन प्रहरीले गरिरहेको छ ।
चितवन प्रहरीले नारायणगढबाट आठ जना जुवाडेलाई पक्राउ
चितवन प्रहरीले नारायणगढबाट आठ जना जुवाडेलाई पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















