काठमाडौं / अगामी १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच सहमति भएको छ।
बिहीबार धनुषाको जनकपुरमा राष्ट्रियसभा निर्वाचनमा मधेस प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन गर्ने सहमति भएको हो।
सहमतिअनुसार प्रदेशको अन्यतर्फबाट एमालेको उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोसपाकी उमेदवार रुपाकुमारी यादवलाई मतदान गर्न राष्ट्रियसभा मतदाताहरूसमक्ष अपिल गरिएको छ।
एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपा मधेश प्रदेश समितिका अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गरेको संयुक्त प्रेस विज्ञप्तिमार्फत् सहमतिको विषय जानकारी गराइएको हो।
मधेश प्रदेशम सत्ता गठबन्धनमा रहेका पाँच दलले जित्ने लगभग निश्तित भइसकेको छ। मतभारलाई हेर्दा एमाले र लोसपा भन्दा सत्ता गठबन्धनका पाँच दल बलियो देखिएका छन् ।





















