चितवन / भरतपुर महानगरपालिका वडा नं १० मा रहेको मैयाँदेवी कन्या कलेज अगाडि बोराभित्र एक पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बोरा भित्र शव फेला परेको पुष्टि गरेका छन् । उनले जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली शव भएको स्थान पुगिसकेको जानकारी दिएका छन् ।
उनका अनुसार,प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।’शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।
बोराभित्र शव भएको हुनाले कसैले हत्या गरेर फालेको प्रहरीले अनुमान गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















