काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता सकिएको छ ।
पार्टीभित्रको विवाद मिलाउन लगातार छलफलमा जुटेका दुई अध्यक्ष बीच आज मंगलबार बालुवाटारमा २ घण्टाभन्दा बढी एक्ला एक्लै वार्ता भए पनि ठोस सहमति भने अझै हुन सकेन ।
अध्यक्ष ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाका अनुसार लगातार स्थगित हुँदै आएको स्थायी कमिटी बैठक दुई अध्यक्ष बीचको छलफल पछि भोलि बुधबार बस्ने भएको छ । बैठक बस्नु अघि फेरि दुई अध्यक्ष बीच पनि छलफल हुने भएको छ ।
























