काठमाडौं / सांदस सरिता गिरीलाई कारवाही गर्न सिफारिश गरिएको छ ।
समाजवादी पार्टीकी नेतृ गिरीलाई पार्टी आदेश उलंघनको आरोपमा कारवाहीमा लागी सिफारिश गरिएको हो ।
समाजवादी पार्टीका महासचिव रामसहाय प्रसाद यादवको नेतृत्वमा बनेको छानविन कार्यदलले यस्तो सिफारिश गरेको हो ।
‘तीन सदस्यीय कार्यदल बनेको थियो । तथ्य र प्रमाणका आधारमा राष्ट्रिय महत्वको विषयमा पार्टी निर्देशन र आदेश नमानेको कारण पार्टी र संसदबाट निष्कासन गर्न सिफारिस भएको छ,’ स्रोतले भन्यो,‘पार्टी पदाधिकारी बैठकले यसलाई अनुमोदन गरेपछि निर्वाचन आयोगमा पत्र जान्छ।
लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी आदेश उल्लंघन गरेकी थिइन्।





















