काठमाण्डौ / डाक्टर्स एसोशियशन अफ सिभिल सर्भिस हस्पिटल र निजामति कर्मचारी अस्पताल कर्मचारी संघ ले सयुक्त रुपमा विभिन्न माग राखी निजामति कर्मचारी अस्पताललाई ज्ञापनपत्र बुझाएको छ ।
चिकित्सक तथा कर्मचारीहरुको स्थायीत्व , अस्पतालको सम्पूर्ण आय व्ययको हिसाबकिताब पारदर्शी बनाउने , चिकित्सक तथा कार्यरत कर्मचारीहरुको वृद्धि विकासको लागि आवश्यक पर्ने तालिम लगायतका मागहरु छन् ।
यस्ता मागहरु हालसम्म पनि पुरा गर्नुको सट्टा एकलौटी ढंङ्गले चाकडी र चाप्लुसीको भरमा चिकित्सक तथा कर्मचारीहरुको मनोवल गिराउने खालको कामको जिम्मेवारी हेरफेर गर्ने जस्ता नियम विपरीतका कार्यहरु गर्दै आएको प्रति एसोशियशनले खेद व्यक्त गरेको छ ।
यस आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवार व्यवस्थानपन स्वयं हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
























