चितवन / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अधिवेशन हुन बाँकी रहेका चितवनसहितका १६ जिल्लाको अधिवेशन फेरी सरेको छ ।
यसअघि चितवनसहित १६ जिल्लाको अधिवेशन पुस २७ मा गर्ने निर्णय गरे पनि कांग्रेसले आज (बुधवार) एक बिज्ञप्ती जारी गर्दै माघ १५ गतेका लागि अधिवेशन तोकेको हो।
पार्टीको केन्द्रीय निर्वाचन समितिले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला अधिवेशनको मिति सारेको जनाएको छ।
चितवनसहित सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, बाँके, कैलाली, अछाम र नवलपुरमा पार्टीको जिल्ला अधिवेशन गर्न बाँकी छ।






















