चितवन / चितवनमा जेष्ठ पत्रकार निवृत्तिभरण काेष स्थापना हुने भएकाे छ । भरतपुर महानगरकाे अनुदान सहयाेगमा नेपाल पत्रकार महासँघ चितवन शाखाले साे काेष स्थापना गर्न लागिएको हाे ।
आफ्नो कार्यावधि भित्र भए गरिएको काम र भावि याेजनाकाे पत्रकार सम्मेलन मार्फत फेहरिस्त सुनाउँदै भरतपुर महानगरका मेयर रेणु दाहलले पुस २१गते साे घाेषणा गर्नुभएको हाे ।
आफ्नो जिन्दगीको लामाे समय पत्रकारीताकाे माध्यम वाट देश र जनतालाई सुसूचित गराउदै सेवा गर्नुभएका पत्रकारहरुलाई वहाँहरुकाे उत्तरार्धकाे जिवनलाई कसरी आर्थिक रुपमा सहजता पुर्याउन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रीकृत गर्दै भरतपुर महानगरले जेष्ठ पत्रकार निवृत्तिभरण काेष स्थापनार्थ पत्रकार महासँघ चितवन शाखालाई अक्षयकोष स्थापनार्थ २० लाख रुपैयाँ अनुदान सहयाेग उपलब्ध गराईनेछ , मेयर रेणु दाहालले भन्नुभयो । जेष्ठ पत्रकार हरुकाे हितमा स्थापना हुनलागिएकाे याे काेषले पत्रकार माझ खुशी छाएकाे बताउँदै पत्रकार महासँघ चितवनका अध्यक्ष नारायण अधिकारी ले भरतपुर महानगर परिवार प्रति महासँघ आभारी रहेकाे वताउनुभयाे ।
प्रेस चाैतारी नेपाल सहितका पत्रकार हरुकाे चितवन स्थित सँगठनहरुले समेत महानगरकाे याे सहयात्री कार्य प्रति खुशी व्यक्त गरेका छन् ।
निकासा प्राप्त भए पछि नियम विनियम निर्माण गरि अक्षयकोष वाट प्राप्त हुने व्याज रकमवाट जेष्ठ पत्रकार हरुकाे निवृत्त जिन्दगीमा साे सहयाेग उपलब्ध गराईने महासँघ चितवनले जनाएको छ ।





















