चितवन / नेपाल ट्रेडयुनियन महासंघ (जिफन्ट ) को ससत्त घटक नेपाल बिजुली,पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) को नेतृत्वमा टेक बहादुर गुरुङ्ग सर्वसम्मत चयन भएका छन् ।

यूनियनको चौथो अधिवेशन तथा दशौं भेलाबाट टेक बहादुर गुरुङ्गलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
अध्यक्ष गुरुङ्ग सर्वसम्मत भएको अधिवेशनले १३ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा रामनाथ चौधरी ,सचिवमा शिवहरी सुवेदी ,सहसचिवमा गोबिन्द खनाल , कोषाध्यक्षमा शिव चापागाई चयन गरेको छ ।
यस्तै गरी सदस्यहरुमा गोपाल थापा मगर , खेम दवाडी ,गन बहादुर थापा ,कमल तिवारी , खेम राज पौडेल चुनिएका हुन् ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् चितवनका लोकप्रिय नेता देवी ज्ञवालीको विशेष उपस्थिति थियो ।
बनभोज कार्यक्रम समेत रहेको उक्त भेलामा क्युपेक नेपालका केन्द्रीय उपाध्यक्ष रामप्रसाद पाण्डे प्रमुख अतिथी रहनु भयको थियो।






















