हान्नोस् हान्नोस् जति सक्यो हात बाँधेरै हाने हुन्छ ।
मुखले राम राम जपी जपी पछि खुट्टा ताने हुन्छ ।
सत्य बाटो खोजी खोजी हिड्नु मेरो भुल भयो ।
मान्छेका ती सहस्र रुप हुन्छन् भन्ने जाने हुन्छ ।
काम छैन चाकडी र चाप्लुसी गर्न नजान्नेको ।
जस्ले सक्छ बजाउन आफ्नो डम्फु उसैलाई माने हुन्छ ।
भोकै नाङ्गै तड्पिएर काम गर्ने कालु हुन्छ ।
काम गर्नेले हैन ठालु ठुलो भाग खाने हुन्छ ।
बोल्नेको नै पिठो बिक्छ नबोल्नेको चामल होईन ।
भाग पाउने अवस्थामा आफैलाई छाने हुन्छ ।
गजल
गजल
"जनआवाज अनलाईन "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















