चितवन / स्मृतिका नदीहरु ” नियात्रा सङ्ग्रह काे भव्य साहित्यिक समारोहबीच सार्वजनिकीकरण भएकाे छ ।
स्थापित साहित्यकार तथा लेखक रामहरि श्रेष्ठ द्वारा लिखित साे नियात्रा काे वरिष्ठ साहित्यकार तथा विद्वान जनसमुदायको व्यापक उपस्थितिमा कृति माथि विमर्श समेत गरिएकाे थियाे ।
साहित्य सङ्गम चितवन काे व्यानरमा समायोजन गरिएको साे कृति विमाेचन सभालाई कृति माथि विमश्र गर्दै पूर्व मन्त्री समेत भैसक्नुभएका रामकुमार श्रेष्ठले भन्नुभयो ” कृतिले पाठकलाई यसरी दाैडाएकाे छ कि हरेक पाठकले आफू लेखक सगै नियात्रा भित्र प्रवेश गर्ने छन् ।”
कृती आजभन्दा ६ वर्ष अगाडि तय गरिएको लेखककाे अस्ट्रेलियाको यात्राकाे समयमा देखेभाेगेका विषय र परिवेशलाई टपक्क टिपेर ५४ वटा शिर्षक हरुमा नियात्रा तयार पारिएको हाे । भूमिका मा समेत आफ्ना विचार पाेख्नुभएका भूपिनले सभामा समेत लेखककाे वलियाे प्रशंसा गर्दै कृति काे चिरफार गर्नुभयाे ।
डाक्टर केशवराज चालिसे ,उपप्रध्यापक हेरम्वकुमार श्रेष्ठ ,ले कृतिमाथी विमर्श गर्नुभएकाे थियाे । साहित्य सँगमका समेत अध्यक्ष रहनुभएका प्रकाश चापागाईंले सभाध्यक्षता गर्नुभएको सभाकाे सहजिकरण कल्पना आचार्यले गर्नुभएको थियाे भने साहित्यकार राजेन्द्र घायलले लयवद्ध स्वरमा स्वागत गर्नुभएको थियाे ।
उक्त कार्यक्रममा चितवन नवलपरासी सहित अन्यत्रवाट पनि साहित्यकार तथा अनुरागीहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे। विमर्श सभा नारायणी रिसाेटकाे सभाहलमा सम्पन्न भएकाे हाे ।कृतिको वजारीकरण भने सँपूर्ण पुस्तक पसलले गर्ने जनाईएकाे छ ।






















