काठमाडौं / सरकारले राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा शिक्षाविद् महाश्रम शर्मालाई नियुक्त गरेको छ ।
मन्त्रीपरिषद्को बिहीबारको बैठकले शर्मालाई बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
बोर्डको प्रमुख बन्न आवेदन दिएका १५ जनामध्येबाट पाँच जनाको नाम सर्ट लिस्ट गरिएको थियो । सर्ट लिस्टमा परेका पाँच जनामध्ये मन्त्रिपरिषद्ले शर्मालाई बोर्डको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको हो ।
अध्यक्षको नाम सिफारिस गर्नका लागि लोकसेवा आयोगको अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा गठित समितिले प्राप्त निवेदनका आधारमा अन्तवार्ता र विस्तृत कार्ययोजना पेश गरेपछि पाँच जनाको नाम सिफारीश गरेको थियो ।
बोर्डका तत्कालिन अध्यक्ष प्रा.डा.चन्द्रमणी पौडेलको कार्यकाल गत असोज २४ गते सकिएपछि शिक्षामन्त्री देवेन्द्र पौडेलले गत कात्तिक १० गते सिफारिस समित गठन गरेका थिए ।





















