चितवन / राष्ट्रिय परिचयपत्र का लागि भरिएको कागजात मा राज्यको निकायले परिचयपत्र नम्बर नराखिदिए पछि समयमै फारम भरेका नागरिकहरुले वेफ्वाकमा ठुलै सास्ती खेप्नु परेकाे छ ।
राज्यले गृहमन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभाग मार्फत गाउँ गाउँमा टाेलि खटाएर परिचयपत्र का लागि फाेटाे खिचाउन आउन उर्दि जारी गर्याे ।साेहि प्रयाेजनका लागि नागरिकले आवस्यक फारम भरे , फाेटाे खिचाएर अाैठा छाप दिए । अहिले आएर जनतालाई यहि कार्य ले शास्ति खेप्नु परिरहेकाे छ ।
फारम भरेपछि विभागले नागरिकलाई दिईएकाे भरपाईमा नागरिकको राष्ट्रिय परिचयपत्र नम्बर भने छैन । पासपोर्ट लगाएत का काममा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य चाहिने भनेपछि जब नागरिक ले आफ्नो कागजात हेरे अनिमात्र आफुले सास्ती खेप्नुपरेको थाहा पाए ।
जिल्ला प्रशासनले कार्यलयमा जाँदा कर्मचारी ले भित्ताेमा टाँसिएको सुचनापत्र हेर्न भनेपछि पटिहानी टाउनकी सम्झना वाग्ले ले वल्ल थाहा पाउनुभयाे कि परिचय पत्र नम्बर का लागि दिईएकाे फाेन वा वाेएव साईट मा भरपाईकाे विवरण टिपाउनुपर्ने छ । तर न विभागकाे फाेन नै उठ्छ न त कुनै रेस्पाेन्स नै आउँछ ।
आफुलाई तुरुन्तै पासपोर्ट वनाउनु पर्ने छ तर कतैवाट पनि उपयुुक्त सहयाेग सल्लाह पाईदैन , उहाँ भन्नुहुनझ। हजारौं ले यहि समस्या भाेग्नु परेकाे गुनासो गरिरहेका छन् । जिल्ला प्रशासन चितवनरले पनि त्यहि भिताेकाे सुचना कै भर देखाउँछ ।
तल्ला स्तरका कर्मचारी समेत आफुहरु नै आजितमा परेकाे वताउँछन् । पन्जिकरण विभागले माेवाईल न , 9851316034 र 9851316035 वा sms,viber , whatsAppमा आफुले टाेलीमा प्रागरेकाे भरपाई पठाएर आवस्यक सुविधा लिन भनेकाे छ ।






















