काठमाडौं / सत्तारुढ ५ दलीय गठबन्धनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी) बारे छलफल गर्न ३ सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छन् ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्नु अघि सत्तारुढ ५ दलीय गठबन्धनको बैठक बसेको थियो ।
सो बैठकले एमसीसीका सम्बन्धमा टुंगोमा पुग्न तीन नेतालाई जिम्मेवारी दिएको हो ।





















