काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
देउवा सभापतिमा निर्वाचित भएलगत्तै टेलिफोनमार्फत् शुभकामना दिएका प्रचण्डले आज शुक्रबार भेटेरै शुभकामना दिएका हुन्।
सभापतिमा निर्वाचित भएका देउवालाई भेटेर प्रचण्डले सफल कार्यकालको शुभकामना दिएका थिए।
बालुवाटार स्रोतका अनुसार आजको भेटमा राजदूतहरूको नियुक्ति र अन्य समसामयिक विषयमा पनि छलफल भएको थियो।
पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता गठबन्धनको आउँदो रणनीतिबारे पनि कुराकानी भएको छ। त्यसैगरी संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको छ।





















