काठमाडौँ / कांग्रेसको १४ औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी भएका छन् ।
शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् ।
थापाले तीन हजार २३ मत र शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।
यस्तै महामन्त्रीका अन्य उम्मेदवार प्रकाशशरण महतले एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत ल्याएर पराजित भएका संयोजक घिमिरेले जानकारी दिए ।
उनका अनुसार निर्वाचनमा कुल चार हजार ६८२ मत खसेकोमा ४३ मत बदर भएको छ ।





















