काठमाडौँ / नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिँदै विगत ५ वर्षमा चले जसरी पार्टी चलाउन खोजे सशक्त रुपमा आफ्नो टिम प्रस्तुत हुने चेतावनी समेत दिएका छन् ।
महाधिवेशनमा मतदिने प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै सभापतिका उम्मेदवार कोइरालाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र भएकाले पराजयलाई स्वीकार गरेको उनले बताए ।
आफू भागबन्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने बताएका छन् ।
उनले आफूलाई मत दिने कसैप्रति पनि कुण्ठा नभएको बताए । ‘म पराजित भएँ । निर्वाचन भएपछि हार्छ, जित्छ यो स्वभाविक हो । मलाई कुनै कुण्ठा पनि छैन । कसले के गर्यो, किन गर्यो मेरो मनमा छैन ।
यो पार्टीभित्रको आन्तरिक लोकतन्त्र हो,’ डा. कोइरालाले भने ।





















