काठमाडौं / नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापतिका लागि दोस्रो चरणको मतदान सकिएको छ। अब केही समयपछि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ।
सभापति बाहेकका मतगणना भने बिहीबारदेखि पार्टी कार्यालय सानेपामा हुने र त्यसका लागि आवश्यक तयारी भइसकेको निर्वाचन समितिले जनाएको छ।
पहिलो चरणको सभापतिको मतदानमा कसैले पनि बहुमत ल्याउन सकेका थिएनन्। पार्टी विधानअनुसार पहिलो चरणमा बहुमत नआए पहिलो र दोस्रो नम्बरमा रहेका उम्मेदवारबीच फेरि चुनाव हुने व्यवस्था छ। सोही अनुसार दोस्रो चरणको मतदान भएको हो ।
दोस्रो चरणको मतदानमा देउवालाई पहिलो चरणमा पराजित भएका सभापतिका आकांक्षी प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङले समर्थन जनाएका छन्।





















