काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित आठ राजनीतिक दलको आयोजनामा सोमबार एमसीएको कार्यालय घेराउ गरिएको छ ।
६ राजनीतिक पार्टी र दुई मोर्चाको संयुक्त आयोजनामा गरिएको घेराउ कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेको थियो ।
कार्यक्रमको सुरुमा एमसीसीका विरुद्ध नाराबाजी गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन नेतृत्वको टिमलाई प्रहरीले हस्तक्षेप गरी लछारपछार पारेको थियो ।
प्रहरीसँग केहीबेर घम्साघम्सी परेपछि प्रहरी पछि हटेका थिए । त्यसपछि याक एण्ड यति होटलको गेटैमा विरोधसभाको कार्यक्रम गरिएको थियो ।





















