जस्तो हुन्छ तिम्लाई हाम्लाई गला थिच्दा खेरि
त्यस्तै भाछ मलाई पनि सीमा मिच्दा खेरि ।
सारै गारो हुदो रैछ दुष्ट छिमेक परे
छोड्दैन कि जस्तो लाग्छ राम्रो मुख गरे ।
वीर गोर्खाली उठ्न परे राम्रो हुने छैन
लिपुलेक् र कालापानी कैलेई तेरो हैन ।
मर्नुपछ किन छाड्छौ इतिहास कालो
सधैं तिम्रो मात्र पनि रहँदैन पालो ।
लाज मान, इज्जत गर, इज्जत पाउनलाई
हाम्रो भूमि फिर्ता गर साइनो लाउनलाई ।
एक इन्च पनि नकूल्च है नेपालको माटो
रक्तपातै हुन सक्छ अपमानको साटो ।
इतिहास था नभए पल्टाएर पढ
हिम्मत भए मोदी सरकार आम्नेसाम्ने लड ।
भारतीय सेनाका ती नेपालका छोरा
बुट हानेको यो छातीमा हेरी बस्ने होर ।
नेपाल आमा पुकार्दैछन् मलाई बचाउ भन्दै
ढिला भयो उठ अब भन्छिन् दिन गन्दै ।
जस्तो हुन्छ तिम्लाई हाम्लाई गला थिच्दा खेरि
त्यस्तै भाछ मलाई पनि सीमा मिच्दा खेरि ।





















