चितवन / हाम्रो पर्यावरण ,हाम्रो सम्पदा विषयमा भएको राष्ट्रिय स्तरको कविता प्रतियोगितामा थाक्रे ३ का विजय तामाङ प्रथम , काठमाण्डौकी कल्पना अधिकारी भट्टराई द्वितीय, देवघाटधाम तनहुँका गोविन्द गोपाल खतिवडा तृतीय र भद्रपुर १ झापाका राजन सुवेदी सान्त्वना हुनुभएको छ ।

कार्यक्रममा देशभरका ८०भन्दा बढी कविताबाट १० उत्कृष्ठ कविता छनोट गरी प्रतियोगितात्मक कार्यक्रममा शेषरमण खनालले लेख्नुभएको नीरकला शर्मा ( र न पा-१३ माधवपुर चितवन ) को जीवनीमा आधारित ‘ सङ्घर्षका पाइलाहरु ‘ नामक कृतिको विमोचनसहित कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि २ नेपालका डिष्ट्रिक गभर्नर रामप्रसाद भट्टले लायन्स क्लब अफ चितवन वाङ्मयले नेपाली भाषालाई राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनु हुँदै लायन्स क्लब अफ चितवन वाङ्मयको यो कार्यक्रमले संसारलाई उज्यालो दिशामा लैजान यस संस्थाले काम गरेको र आगामी दिनमा अन्य स्थानमा पनि वाङ्मय क्लब खोल्ने प्रतिबद्धता जनाउनुभएको छ ।
यस सोही औससरमा इनरुवा सुनसरीका साहित्यकार रमेन्द्र कोइराला र लीलानाथ सिलवालको सम्मान गरिएको छ । लायन्स क्लब अफ चितवन वाङ्मयका अध्यक्ष हरीप्रिया रिजालले साहित्यको संरक्षणमा यस संस्थाले सधै काम गर्ने बताउनुभएको छ । त्यस्तै क्याबिनेट सेक्रेटरी प्रभाकर पण्डितले लायन्स क्लब अफ चितवन वाङ्मय देशभरका साहित्यिक प्रेमीहरु रहेको क्लब भएको बताउँदै साहित्य प्रेमीको क्षेत्रमा यसले सधै काम गर्नुपर्ने बताउनुभएको छ ।
नारायणी रिसोर्ट नारायणी नदि किनार गैँडाकोटमा भएको कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ चितवनका वाङ्मयका डाइरेक्टर पुष्प अधिकारी अञ्जलीले र लायन्स क्लब अफ चितवन वाङ्मयका सचिव सुजन अधिकारीले गर्नुभएको थियो ।





















