चितवन / बिहान १० बजे हुने भनिएको नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज साँझ ८ बजेदेखि सुरु हुने भएको छ ।
चितवनको सौराहामा जारी महाधिवेशनको बन्दसत्र ८ बजेदेखि सुरु हुने एमाले नेता गोकुल बाँस्कोटाले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि नेता बाँस्कोटाले सञ्चारकर्मीलाई सोबारे जानकारी दिँदै सहमतिको प्रयासको निरन्तरताका लागि पहल भइरहेको बताए
तर यता अध्यक्ष केपी शर्मा ओलीबाहेक अरुलाई नेता नमान्ने अडानमा बसेका नेकपा एमालेको नेता सुवासचन्द्र नेम्वाङ सहमतिको तीन विकल्प अघि सारेका छन् ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र नेम्वाङको दाबी छ ।
नेम्वाङले ओली बाहेक अरुलाई नेता नमान्ने सन्देश प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईमार्फत पठाएका थिए ।
स्रोतका अनुसार राईसँग भएको भेटमा ओलीले उसो भए विकल्प के छ र ? भनेर सोधेका थिए । उनले भने नेम्वाङले अघि सारेको तीन विकल्प सुनाएका छन् ।
पहिलाे : वरिष्ठ उपाध्यक्ष पद नै खारेज गर्ने ।
दोस्रो : दुई वरिष्ठ उपाध्यक्षको व्यवस्था गर्ने ।
तेस्रो : निर्वाचन ।
स्रोतका अनुसार नेम्वाङ बरु चुनाव लड्ने, तर पोखरेललाई नेता नमान्ने अडानमा छ ।





















