चितवन / चितवनस्थित अक्स्फोर्ड एकेडेमियाले क्यानडामा अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रशिक्षण दिने भएको छ ।
अक्स्फोर्डले क्यानडाको प्रसिद्ध अल्गोमा विश्वविद्यालयमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुलाई आवश्यक प्रशिक्षण दिन लागेको हो ।
विश्वविद्यालयमा अध्यापन हुने बिषय र त्यहाँ जानु अघिका पूर्व तयारीको बिषयमा प्रशिक्षण केन्द्रित हुनेछ । प्रशिक्षणबाट विद्यार्थीहरुलाई त्यहाँको शिक्षा प्रणाली बारे बुझ्ने अवसर मिल्ने अक्स्फोर्ड एकेडेमिया ले बताए ।
कोरोना भाईरस महामारीका कारण उच्च शिक्षाका लागि विदेश जानबाट बञ्चित विद्यार्थीका लागि कार्यक्रम फलदायी हुने उनको भनाई छ ।
अक्स्फोर्ड एकेडेमिया बिगत ५ बर्षदेखी क्यानडा, अष्ट्रेलिया र युकेमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ ।





















